Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

महाकुम्भबाट फर्किदै गर्दा गाडी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु

महाकुम्भबाट फर्किदै गर्दा गाडी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु

  • शनिवार, माघ १९ २०८१

  • 474
    SHARES

  • महाकुम्भबाट फर्किदै गर्दा गाडी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु

    काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा नेपाली सवार गाडी दुर्घटनामा परेको छ । बिहारको मुजफ्फरपुरमा सडकमा दुर्घटना हुँदा गाढीमा सवार पाँच जना नेपाली नागरिकको मृत्यु भएको छ । शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
    गाडीमा नौ जना सवार रहेको र बालबालिकासहित चारजना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले उपचार भइरहेको छ । सडकमा अरु कसैलाई बचाउने क्रममा उक्त गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।


    शनिवार, माघ १९ २०८१०७:५९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij