Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नक्कली पीसीआर रिपोर्ट दिने अस्पतालमाथि छानविन गरी कारबाही गर्न निर्देशन

नक्कली पीसीआर रिपोर्ट दिने अस्पतालमाथि छानविन गरी कारबाही गर्न निर्देशन

  • बिहिवार, मंसिर ४ २०७७

  • 1.7K
    SHARES

  • नक्कली पीसीआर रिपोर्ट दिने अस्पतालमाथि छानविन गरी कारबाही गर्न निर्देशन

    काठमाडौं । काठमाडौंका ह्याम्स अस्पताल, स्टार अस्पताललगायतका केही अस्पतालले पीसीआरको नक्कली रिपोर्ट दिने गरेको खुलेको छ ।

    काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पीसीआरको नक्कली रिपोर्ट दिने गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न समेत भनेको छ ।

    यी अस्पतालले कोरोना पोजेटिभ रिपोर्ट आएपनि विदेश जानेहरुलाई नेगेटिभ दिने गरेको खुल्न आएको छ । नक्कली रिपोर्ट लिएर गएका यात्रुहरु हङकङ्ग र युएइ पुगेपछि यी अस्पतालको रिपोर्टमाथि पर्यटन मन्त्रालयले छानबिन थालेको हो ।

    त्यस्तै सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीले पनि पीसीआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएपछि अनुसन्धानका लागि पत्र नै काटेर पर्यटन मन्त्रालयले थप छानविन र कारबाही गर्न भनेको हो ।

    यी अस्पताल र ल्यावहरुकै कारण नेपाल एयरलाइन्स हङकङ्ग, युएइ सहितका केही देशहरुमा उडान प्रतिबन्धमा परेको छ। पर्यटन मन्त्रालयले काटेको पत्रमा ह्याम्स, स्टार लगायतका यी ल्यावहरुले स्वाव नै संकलन नगरी विदेश जानेहरुलाई रकम लिएर पिसिआर रिपोर्ट दिने गरेको पनि उल्लेख गरिएको छ ।

    पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालय र सीसीएमसीलाई काटेको पत्र हेर्नुस्

    letetr-ministry of tourism.jpg


    बिहिवार, मंसिर ४ २०७७०९:२९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij