काठमाडौं । कैलालीमा कैंचीले हानेर भाइले दाईको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका १७ का प्रकाश बोहराले कैंची प्रहार गर्दा ३५ वर्षीय दाइ लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति साढे १२ बजेतिर लालबहादुरलाई प्रकाशले कैची प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दर्शन खड्काले बताउनुभयो । प्रकाशले प्रहार गरेको कैंची लालबहादुरको घाँटीमा लागेको थियो । कैंची प्रहारबाट घाइते भएका लालबहादुरलाई तत्काल मिसन अस्पताल पुर्याइएपनि उपचारका क्रममा राती करिब ३ बजेतिर मृत्यु भएको खड्काले बताउनुभयो ।
घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको र दाईको मत्युपछि प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्त खड्कबाले बताउनुभयो ।