Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आफैँलाई गोली हान्ने प्रहरीको उपचारका क्रममा मृत्यु

आफैँलाई गोली हान्ने प्रहरीको उपचारका क्रममा मृत्यु

  • शनिवार, माघ १२ २०८१

  • 426
    SHARES

  • आफैँलाई गोली हान्ने प्रहरीको उपचारका क्रममा मृत्यु

    काठमाडौं । आफैँले आफैँलाई गोली हानेका प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले माघ ९ गते आफैँले आफैँलाई गोली हानेका थिए । गोली प्रहारबाट गम्भिर घाइते भएका विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।


    धनगढीको निःसर्ग हष्पिटलमा उपचारका क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली हानेका थिए ।


    शनिवार, माघ १२ २०८१११:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij