Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अब खुलामञ्चमा होइन थापाथलीमा निःशुल्क खाना !

अब खुलामञ्चमा होइन थापाथलीमा निःशुल्क खाना !

  • बुधवार, मंसिर ३ २०७७

  • 1.3K
    SHARES

  • अब खुलामञ्चमा होइन थापाथलीमा निःशुल्क खाना  !

    काठमाडौं । खुलामञ्चको सट्टामा आजबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य सुरु भएको छ ।
    काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाकाले खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमतिअनुसार थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताउनुभयो ।

    कोरोना भाइरस संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड गु्रप नामको संस्थाले साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएको छ ।

    खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न यसअघि चेतावनी दिएको थियो । तर जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर बन्द स्थानमा खाना खुवाउन सकिने विकल्प दिएको थियो ।

    स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल र खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजन गराउने नीति महानगरपालिकाले लिएको उहाँले बताउनुभयो ।

    सापकोटाले अहिले पनि खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीच निरन्तर छलफल भइरहेको जानकारी दिँदै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउन पहल भइरहेको बताउनुभयो ।


    बुधवार, मंसिर ३ २०७७०२:४७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij