Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नयाँ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

नयाँ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

  • मंगलवार, आषाढ २३ २०७७

  • 777
    SHARES

  • नयाँ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

    काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ ।

    मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्वको जिम्मेवारी दिएको छ । उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहने छन् ।

    वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदै छन् । उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए ।

    अबको आइजिपीका लागि थापा बाहेक हरि पाल मात्र उमेद्वार थिए । एआइजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ । हाल रहेका तीन जना एआइजीमध्ये तारिणीप्रसाद लम्सालले पनि बुधबारपछि अवकाश पाउँदै छन् । वर्तमान आइजिपी ज्ञवाली र लम्सालले २०४७ साल असार २५ गतेदेखि नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका थिए ।

    थापा र पालले एकै दिन अर्थात २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका थिए । गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए । थापा एसएसपी र डीआइजी हुँदा पनि ब्याचीमध्ये पहिलो नम्बरमा थिए ।

    प्रहरी निरीक्षकमा नाम निकाल्दा पनि पहिलो नम्बरमा रहेका थापाले पहिलो नम्बरमै रहेर सेवाबाट अवकाश पाउने छन् । उनी आफ्नै ब्याची र प्रतिष्पर्धी माझ पनि लोकप्रिय थिए ।

    व्यावसायिक छवि र विवादरहित ट्रयाक रेकर्डका कारण उनले पहिलैदेखि संगठनको भावी नेतृत्व दावेदारका रुपमा हेरिएको थियो ।


    मंगलवार, आषाढ २३ २०७७०७:२०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij