Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आज २७ औं भूकम्प सुरक्षा दिवस, देशभर मनाइंदै

आज २७ औं भूकम्प सुरक्षा दिवस, देशभर मनाइंदै

  • बुधवार, माघ २ २०८१

  • 1.1K
    SHARES

  • आज २७ औं भूकम्प सुरक्षा दिवस, देशभर मनाइंदै

    काठमाडौं । आज २७औं भूकम्प सुरक्षा दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइंदै छ । विसं १९९० माघ २ गते दिउँसो गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।

    सरकारले यस वर्षको भुकम्प सुरक्षा दिवसको नारा भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्व तयारीको साथ’ भन्ने तय गरेको छ । यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने भएको छ ।

    गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको हो ।

    बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रम आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक संघसंस्थालाई आग्रह गरेको छ ।

    काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।

    १९९० सालको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । यसै अवसरमा २७ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको हालैको बैठकले प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमहरु सहित भूकम्प सुरक्षा दिवस मनाउने घोषणा गरेको छ ।

    बैठकले नागरिक समाज, संयुक्त राष्ट्र संघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, सामुदायिक संस्थाहरु, सञ्चार माध्यम, निजी क्षेत्र लगायतलाई आह्वान गरेको छ ।

    देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।


    बुधवार, माघ २ २०८१०९:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij