काठमाडौं। चितवनको माडीमा गैडाको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। माडी नगरपालिका–३ का चार पुरुषलाई आज दिउँसो गैंडाले आक्रमण गर्दा भैंसी चराउन गएका ५६ वर्षीय छविलाल बोटको घटनास्थलमै मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेकोमा माडी ३ का ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट घाइते छन्।
घाइतेमध्ये हेमराज महतो र राजु बोटको शरीरमा चोटपटक लागेकोले पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ। राजु बोटको अवस्था सामान्य छ ।