Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

२०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने

२०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने

  • मंगलवार, माघ १ २०८१

  • 566
    SHARES

  • २०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने

    काठमाडौं । २०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने भएको छ । आगामी चैत ७ गतेदेखि एसईई परीक्षा शुरु हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले तालिका सार्वजनिक गरेको हो ।

    परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने जनाइएको छ ।

    दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिश)को परीक्षा हुनेछ ।

    यस्तै चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको भक्तपुरले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।


    मंगलवार, माघ १ २०८१०९:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij