Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

  • सोमवार, पौष २९ २०८१

  • 667
    SHARES

  • चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

    काठमाडौं। चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका ६४ वर्षीय शेर्पाको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको वडाअध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो ।

    शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि भेन्टिलेटरमा उपचाररत दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए।

    पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन्। केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।

     


    सोमवार, पौष २९ २०८१०६:५०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij