काठमाडौं। धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ७१८ नम्बरको ट्रक धादिङको गल्छी गाउँपालिका– ४ स्थित आदमघाटमा ठोकिँदा उक्त दुर्घटना भएको हो।
धादिङ प्रहरीका अनुसार बिहीबार दिउँसो साढे दुई बजेतिर भएको दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।
अन्य घाइअम्बिभरोसा अस्पताल गल्छी पठाइएको छ। घाइतेहरूमध्ये धेरैको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।