Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

केही नेवार समुदायमा आज पनि भाइटिका, देशभरी सार्वजनिक विदा

केही नेवार समुदायमा आज पनि भाइटिका, देशभरी सार्वजनिक विदा

  • मंगलवार, मंसिर २ २०७७

  • 1.4K
    SHARES

  • केही नेवार समुदायमा आज पनि भाइटिका, देशभरी सार्वजनिक विदा

    काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । अघिल्ला बर्षहरुमा भाइटिकाकै दिनमा तिहार सकिने भएपनि यस पटक भने आज पनि तिहार मनाइदैछ । विषेश गरेर नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

    उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नै भेटेर मंसिर २ गते आफुहरुले भाइटिका लगाउने भएकाले सार्वजनिक विदा दिन माग गरेका थिए । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका (किजापूजा) लगाउँदैछन् । कतिपयले भने हिजो नै लगाइसकेका छन् ।

    नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

    किजा पूजामा भाइको पूजा गर्ने र दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिीहिनीबीचको आत्मीयताकालागि नेवाः समूदायमा तिहार प्रसिद्ध छ । उनीहरुको यही पर्वलाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर आज पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ ।

    दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।


    मंगलवार, मंसिर २ २०७७०७:५८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij