काठमाडौँ । काठमाडौंमा बिहान महसुस गरिएको भुकम्प चीन केन्द्रबिन्दु भएर गएको पुष्टि भएको छ मंगलबार बिहान ६ बजेर ५० मिनेटको समयमा चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। नेपाल, चीन, भुटान भारत र बङग्लादेशमा भुकम्पको महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीले जानकारी दिनुभयो ।