Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः कतै वर्षा, कतै हिमपात, तराईमा हुस्सु

आजको मौसमः कतै वर्षा, कतै हिमपात, तराईमा हुस्सु

  • सोमवार, पौष २२ २०८१

  • 706
    SHARES

  • आजको मौसमः कतै वर्षा, कतै हिमपात, तराईमा हुस्सु

    काठमाडौं। नेपालमा यतिबेला पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसकारण हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानहरूमा लागेको हुस्सुले चिसो बढेको छ। आज देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा तथा बाँकी उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

     


    सोमवार, पौष २२ २०८१०६:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij