Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बीपी राजमार्गको सडकखण्डको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड लाग्ने

बीपी राजमार्गको सडकखण्डको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड लाग्ने

  • आइतवार, पौष २१ २०८१

  • 343
    SHARES

  • बीपी राजमार्गको सडकखण्डको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड लाग्ने

    काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ ।

    बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।

    डिभिजन सडककार्यालय भक्तपुरका अनुसार बिपीराजमार्ग अन्तर्गत भकुण्डेबाट नेपालथोक सम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।

    उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

    कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।


    आइतवार, पौष २१ २०८१०८:५२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij