Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

  • शनिवार, पौष २० २०८१

  • 599
    SHARES

  • पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

    काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

    गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए ।

    प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए ।

    उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए ।

     


    शनिवार, पौष २० २०८१०७:४५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij