काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित करीब २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका-१, रायलका ३३ वर्षिय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, तलकोट गाउँपालिका-४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृती धामीको मृत्यु भएको हो ।
गएराती ८:३५ बजे तलकोट गाउँपालिका-२, सुकगाडमा भएको जीप दुर्घटनामा तीन जनाको घटना स्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजादै गर्दै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।