Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्से र कारोबारमा झिनो सुधार

सेयर बजारः नेप्से र कारोबारमा झिनो सुधार

  • बिहिवार, पौष १८ २०८१

  • 682
    SHARES

  • सेयर बजारः नेप्से र कारोबारमा झिनो सुधार

    काठमाडौं। सेयर बजारमा आज केहि सुधार आएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार आज बजार ४.६३ अंकले बढेर समग्र बजार २,५८६.२३ विन्दुमा पुगेको छ। आज १५६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ७७ कम्पनीको सेयरमूल्य घटेको छ।

    ङादी हाइड्रो, सामुदायिक लघुवित्त, सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक,सुपरमादी हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे। ङादीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ अर्थात् १० प्रतिशतले बढेको छ। बजारसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ।

    आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता सेयर खरिदबिक्री भएको छ। अघिल्लो दिनको कारोबारमा ३ अर्ब ५९ करोड बराबरको सेयर खरिदबिक्री भएको छ । समूहगत उपसूचकतर्फ बैकिङ सेक्टर, लगानी लघुवित्त, व्यापार र अन्य सूचकको सेयरमूल्य घट्दा बाँकी समूह उकालो लागे ।


    बिहिवार, पौष १८ २०८१०४:५५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij