काठमाडौं। बालगायक सचिन परियारको निधन भएको छ। आज बिहान काठमाडौंको महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको हो।
बिरामी भएपछी उनलाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएकोमा आज निधन भएको अस्पतालले जनाएको छ।
उनि यसअघी पनि बिरामी भएपछी लामो समयसम्म अस्पताल भर्ना भएका थिए । उनको उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपिलसमेत गरिएको थियो।
उनले गाएको भिडियो सामाजिक सञ्जालमा‘भाइरल’ भएपछि उनलाई गीत रेकर्ड गर्नका लागि काठमाडौं ल्याइएको थियो। सचिनले सानै उमेरमा दर्जनौँ गीत गाएका छन्।