Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर भूकम्प

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर भूकम्प

  • बिहिवार, पौष १८ २०८१

  • 968
    SHARES

  • सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर भूकम्प
    काठमाडौं । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको  धक्का महसुस भएको छ ।
     
    दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ।
     
    राष्ट्रिय भूकम्प मापन केन्द्रले  नेपाल—चीन सीमा क्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।
     
    केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।


    बिहिवार, पौष १८ २०८१०२:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij