Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः देशभर चिसो, तराई हुस्सु र कुहिरो

आजको मौसमः देशभर चिसो, तराई हुस्सु र कुहिरो

  • बुधवार, पौष १७ २०८१

  • 481
    SHARES

  • आजको मौसमः देशभर चिसो, तराई हुस्सु र कुहिरो

    काठमाडौं। नेपालमा यतिबेला पश्चिमी वायुको प्रभाव रहेको छ । यसले देशभर चिसो बढेको छ भने तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा कुहिरो लागेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

    आज बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


    बुधवार, पौष १७ २०८१०६:४७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij