Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • मंगलवार, पौष १६ २०८१

  • 323
    SHARES

  • सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    गएराति उखु बोकेर हरिवनको चिनी मिल जाँदै गरेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको हो ।

    ज १ त ९८७६ नम्बरको ट्याक्टरमा ज ४ प ३७७ नम्बरको मोटरसाइकल ठोक्किँदा बरहथवा नगरपालिका ५ घर भएका २५ वर्षीय हरेन्द्र महतो र अर्का २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।

    दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


    मंगलवार, पौष १६ २०८१०९:३५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij