काठमाडौं। त्रिभुवन विश्वविद्यालयका १४ हजार बढी विद्यार्थीहरु आज दीक्षित भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, यसपटक कुल १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्। जसमा स्नातक तहका नौ हजार ६८, स्नातकोत्तरका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पीएचडी)का १२२ विद्यार्थी दीक्षित भएका छन्। यसपालि गत वर्षभन्दा दुई हजार बढी विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार १४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् भने समारोहमा विभिन्न १७ वटा विधाका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कार वितरण गरिएको छ।