Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कर्णाली नदीमा चालक र सहचालक भएको डोजर पल्टियो, एकजना बेपत्ता

कर्णाली नदीमा चालक र सहचालक भएको डोजर पल्टियो, एकजना बेपत्ता

  • शनिवार, पौष १३ २०८१

  • 369
    SHARES

  • कर्णाली नदीमा चालक र सहचालक भएको डोजर पल्टियो, एकजना बेपत्ता

    कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् ।

    कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदी पार गर्ने क्रममा हिजो साँझ डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् ।

    पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि हो ।
    डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा उद्धार गरिएको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिनुभयो ।

    कालीकोट खाँडाचक नगरपालिका–८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो ।

    बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।


    शनिवार, पौष १३ २०८१०८:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij