Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प

१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प

  • शनिवार, पौष १३ २०८१

  • 665
    SHARES

  • १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प

    काठमाण्डाै । पुस लागेपछिको १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक गएराति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । गएको पुस २ गते बझाङको धामेना आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव ३ र पुस ३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गयो । यस्तै पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सयभन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्‍याएकाे थियाे । पुसको ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युड र पुसको ११ गते जाजरकोटको नायकवाडा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    पोहोर कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पपछि पश्चिम नेपालमा ५ वटा परकम्प गएको केन्द्रको तथ्याङ्क छ ।

    पश्चिम क्षेत्रमा निरन्तरजसो साना तथा मझौला खालका भूकम्पको धक्का महसूस हुँदै आएको छ । जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक पटक भूकम्प गइरहेका छन् । जाजरकोट भूकम्पले भौतिक संरचनामा पुर्‍याएको क्षतिको अहिलेसम्म पनि पुनर्निर्माणको काम हुन सकेको छैन । पीडित नागरिक अहिले पनि अस्थायी आवासमा छन् ।

    भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वसतर्कता अपनाउन र भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिन विज्ञको सुझाव छ ।

    नेपालमा २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    शनिवार, पौष १३ २०८१०७:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij