Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लागूऔषध प्रयोगकर्ता कोरोना जस्तै फैलिएको गृहमन्त्री थापाको भनाई

लागूऔषध प्रयोगकर्ता कोरोना जस्तै फैलिएको गृहमन्त्री थापाको भनाई

  • मंगलवार, आषाढ २३ २०७७

  • 1.1K
    SHARES

  • लागूऔषध प्रयोगकर्ता कोरोना जस्तै फैलिएको गृहमन्त्री थापाको भनाई

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोगकर्ताहरु कोरोना संक्रमण जस्तै समाजमा फैलिएको बताउनुभएको छ । नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले कोरोना जस्तै संक्रामक रोगको रुपमा लागू औषध स्थापित भएको दावी गर्नुभयो ।

    बेला लागू औषधले मानिसको जीवनको अस्तित्वमा चुनौती समेत खडा गरेको भन्दै उहाँले लागूऔषध लामो समयदेखि विस्तारै विश्वव्यापी रुपमा फैलिँदै गएको बताउनुभयो ।

    विशेषगरी युवा पंक्तिहरु लागू औषध दुर्व्यसनीको प्रभावमा परेको गृहमन्त्री थापाको भनाइ छ । पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले बेरोजगारीको समस्याले लागू औषध प्रयोकर्ताको संख्या बढेको बताउनुभयो । ३९.७ प्रतिशत बेरोजगार व्यक्ति लागू औषध सेवन प्रयोगकर्ता रहेका छन् ।

    यस्तै केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृह मन्त्रालयले गरेको अध्ययन अनुसार वि.स. २०६९ को तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ ।

    हालको सर्वेक्षणअनुसार १ लाख ३० हजार ४२४ जना लागू औषध प्रयोगकर्ता रहेको गृहमन्त्रालयले जनाएको छ । जसमा ९१ हजार ५३४ पुरुष र ४६ हजार ३०९ महिला रहेका छन्


    मंगलवार, आषाढ २३ २०७७०७:१३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij