काठमाडौं। म्याग्दीमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा राहुघाट हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डीपी २ ए ७५६८ नम्बरको भारतीय टिप्पर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा चालक र सहचालको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक भारत उत्तर प्रदेश बखरियका ३३ वर्षीय दशरथ यादव र भेलघारीका ४० वर्षका सहचालक शत्रुधन रजक रहेका छन्।
दुवैजनाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो।