Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तिहारको अन्तिम दिन आज भाइटीका, नेपाल सम्वतको नयाँ वर्ष पनि आजैदेखि शुरु

तिहारको अन्तिम दिन आज भाइटीका, नेपाल सम्वतको नयाँ वर्ष पनि आजैदेखि शुरु

  • सोमवार, मंसिर १ २०७७

  • 1.1K
    SHARES

  • तिहारको अन्तिम दिन आज भाइटीका, नेपाल सम्वतको नयाँ वर्ष पनि आजैदेखि शुरु

    काठमाडौं । नेपालीहरुको महान पर्व तिहारको अन्तिम तथा मुख्य दिन आज भाईटीका । आज दिदीबहिनीहरुले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

    आजको दिन दाजुभाईलाई दिदीबहिनीहरुले सप्तरंगी टिका लगाएर दियो, कलश र गणेशको पूजा गर्ने, दुवोको माला, ओखर, तेल रकटुस आदिको प्रयोग गरेर सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन ।

    त्यस्तै, दाजुभाईले पनि दिदीबहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीणा र उपहार दिने चलन रहिआएको छ ।
    यस वर्षको भाइटीकाको साइत आज बिहान ११ः३७ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट पारेको छ ।

    दिदिबहिनीले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन ।

    यस वर्षको यमपञ्चक अर्थात तिहार पर्व कार्तिक २७ गते बिहिबारदेखि शुरु भएको थियो । यस वर्षको भाइटीकाका लागि आज र भोली २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

    यस्तै,आजबाट नेपाल संवत ११४१ शुरु भएको छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यो अवसरमा नेवार समुदायमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । 


    सोमवार, मंसिर १ २०७७०८:२१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij