काठमाडौं। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्युनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताउनुभयो।
गृहमन्त्री लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताउनुभयो।
गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्युनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।