Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रोकिराखेको गाडी आफैँ गुडेर दुर्घटना हुँदा एकको मृत्यु

रोकिराखेको गाडी आफैँ गुडेर दुर्घटना हुँदा एकको मृत्यु

  • बिहिवार, पौष ११ २०८१

  • 353
    SHARES

  • रोकिराखेको गाडी आफैँ गुडेर दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । सुमो दुर्घटनामा गम्भीर घाइते भएका खोटाङको केपिलासगढी गाउँपालिका १ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ।

    काठमाडौँबाट यात्रु लिई फर्किंदै गरेको ना१ज ७१८१ नंको सुमो केपिलासगढी गाउँपालिका(३ बास्पानीस्थित राँटीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो।

    राईलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरेर गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लगिएको थियो । राईको टाउको तथा शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेकाले बचाउन नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रुपेश सङ्ग्रौलाले बताउनुभयो ।

    सडकमै रोकेर राखेको सुमो आफैँ गुडेर दुर्घटना भएपछि फरार भएका सुमो चालक ऐँसेलुखर्क गाउँपालिका १ राखाबाङ्देल निवासी ३६ वर्षीय शत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेका थिए।

    प्रहरीको सहारामा जिल्ला प्रहरी कार्यालय आइपुगेका चालक राईलाई जिल्ला अस्पताल खोटाङ लगेर स्वास्थ्य परीक्षण गरेपछि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।


    बिहिवार, पौष ११ २०८१०७:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij