Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

निर्धन संस्थाले रुपन्देहीको महजिदियामा “उन्नत बेमौसमी तरकारी खेती तालिम” दिँदै

निर्धन संस्थाले रुपन्देहीको महजिदियामा “उन्नत बेमौसमी तरकारी खेती तालिम” दिँदै

  • मंगलवार, पौष ९ २०८१

  • 722
    SHARES

  • निर्धन संस्थाले रुपन्देहीको महजिदियामा “उन्नत बेमौसमी तरकारी खेती तालिम” दिँदै

    काठमाडौं। निर्धन संस्थाले रुपन्देही महजिदिया “उन्नत बेमौसमी तरकारी खेती तालिम” दिन थालेको छ।

    निर्धन संस्थाको आयोजना र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. रुपन्देही जिल्लाको महजिदिया शाखा अन्र्गतका ३० जना ग्राहक सदस्यहरुको सहभागितामा यही पौष ८ गते देखि १० गतेसम्म “उन्नत बेमौसमी तरकारी खेती तालिम” दिन सुरु गरिएको हो ।

    लुम्बिनी सांस्कृतिक न.पा.१० उपमेयर कल्पना हरिजनको प्रमुख आतिथ्यता र निर्धन सस्थाका उपाध्यक्ष जनार्दन देव पन्तको विषेश आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ।

    उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर हरिजनले आफू पनि निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको महजिदिया शाखाको ग्राहक सदस्य रहेको बताउँदै यस संस्थाको मुख्य उद्देश्य समुदायमा गरीबीको रेखा मुनि रहेका व्यक्तिहरुको आर्थिक अवस्था सुधार्नु रहेको बताउनुभयो ।

    सोका लागि यस संस्थाले ग्राहकको आवश्यकता अनुसार तालिम तथा विना धितो ऋण प्रदान गरी व्यवसायी बन्न उत्प्रेरित गर्दै आएको बताउनुभयो।

    उहाँले यस क्षेत्र तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले यहाँका किसानहरुले मौसमी तरकारी खेती गर्दैं आएकोमा उन्नत बैमौसमी तरकारी खेती गर्नका लागि सीप प्रदान गरी उत्प्रेरित गर्ने उद्देश्यले संस्थाले ३ दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गर्न लागेकोमा संस्था प्रति आभार ब्यक्त गर्नुभयो।

    उहाँले यस तालिममा सहभागी सदस्यहरुलाई संस्थाद्धारा प्रदान गर्न लागेको उन्नत बेमौसमी तरकारी खेती सम्बन्धी तालिम लिई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी आफ्नो ब्यवसाय बृद्धि गर्दै आर्थिक अवस्था माथि उकास्नुका साथै आफ्नो जिविकोपार्जनमा समेत सुधार गरी सक्षम हुन सल्लाह दिनुभयो ।

    त्यसै गरी कार्यक्रमका विशष्ट अतिथी जनार्दन देव पन्तले तालिममा उपस्थित सहभागीहरुलाई आजको आवश्यकता भनेको उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुंच पु¥याउनु नै महत्वपूर्ण कुरा रहेको भन्दै हाल सुरु गरेको सानो स्तरको व्यवसाय भोली बृहत स्तरको रोजगारीको सिर्जना गर्न सक्ने उद्योग बन्न सक्ने धारणा राख्नुभयो।

    पन्तले मेरुदण्डका रुपमा रहनुभएका सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उहाँहरुको क्षमता अनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु¥याई उत्पादनमा प्रति इकाइ लागत कम गरी उत्पादकत्व बढाउदैं बृहत स्तरको व्यवसायी/उद्यमी बनाउने उद्धेश्य अनुरुप उन्मुख भई उहाँहरुलाई आवश्यकता अनुसार सीप बिकास, उद्यमशिलता बिकास तालिमहरु प्रदान गरिरहेक जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘तालिमबाट तपाँइहरुको व्यवसायिक क्षमता अभिबृद्धि भई उत्पादकत्व र आम्दानी बृद्धि भई आर्थिक र सामाजिक अवस्थामा सुधार हुने विश्वास गरेका छौं।‘

    कार्यक्रममा सहभागीहरुको तर्फबाट संगीता थारुले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने निर्धन उत्थान ल.वि.सं.लि.को महजिदिया शाखाका शाखा प्रमुख राम किशोर चौधरीले स्वागत मन्तव्य राख्नुभयो । त्यस्तै निर्धन उत्थान ल.वि.सं.लि.का क्षेत्रीय प्रबन्धक श्री आनन्द कुमार गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

    तालिममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कृषि शाखा अधिकृत श्री महेन्द्र यादव र कृषि विशेषज्ञ श्री हिक्मत खत्रीले प्रशिक्षकका रुपमा ३ दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ। आयोजकका तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत श्री मनिस रत्न कोनाजोले तालिममा सहजीकरण गर्नुहुनेछ ।


    मंगलवार, पौष ९ २०८१०४:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij