Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रविको तस्बिर सार्वजनिक गर्ने निकोलस रिहा, अदालतले दिएन थुन्ने अनुमति

रविको तस्बिर सार्वजनिक गर्ने निकोलस रिहा, अदालतले दिएन थुन्ने अनुमति

  • सोमवार, पौष ८ २०८१

  • 736
    SHARES

  • रविको तस्बिर सार्वजनिक गर्ने निकोलस रिहा, अदालतले दिएन थुन्ने अनुमति
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल भनिने कमल भुसाल रिहा भएका छन्।
     
    कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो।
     
    आइतबार राति काठमाडौंको थलीबाट प्रहरीले पक्राउ गरी सोमबार(आज) बिहान उनलाई पोखरा लगेको थियो। उनलाई आजै अदालतमा उपस्थित गराएर हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति माग गरेको थियो। 
     
    तर न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरासतमा नराखेरै अनुसन्धान गर्न भनेको हो। 
     
    हिरासतमा लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि रास्वपाका नेता(कार्यकर्ताले प्रहरीमाथि नै प्रश्न उठाउँदै मानव अधिकार हनन गरेको आरोप लगाएका थिए। तर उक्त तस्बिर रास्वपाकै कार्यकर्ता निकोलसले आफूले खिचेको भन्दै सामाजिक सञ्जालमार्फत स्वीकार गरेका थिए। उनले आफूले रवि लामिछानेलाई भेटेर फर्किने क्रममा सीसीटीभी मनिटर रुमबाट तस्बिर लिएको बताएका थिए। 
     
    अदालतले थुनामा राख्न अनुमति नदिए पनि उनलाई थुनाबाहिरै राखेर अनुसन्धान अगाडि बढाउने कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताउनुभयो । निकोलसविरुद्ध प्रहरीले साइबर क्राइम (विद्युतीय कारोबारसम्बन्धी कसुर) मा मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाएको छ। 


    सोमवार, पौष ८ २०८१०७:५१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij