Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

इन्सपेक्टर बिनु शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

इन्सपेक्टर बिनु शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

  • सोमवार, पौष ८ २०८१

  • 584
    SHARES

  • इन्सपेक्टर बिनु शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश
    काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार(आज) शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो।
     
    फरार रहेकी शाही (हिजो) आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन्। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका प्रवक्ता राम सजिवन महतोले जानकारी दिनुभयो।
     
    यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो।


    सोमवार, पौष ८ २०८१०७:४०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij