Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

  • सोमवार, पौष ८ २०८१

  • 505
    SHARES

  • शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

    काठमाडौं । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ ।

    जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उहाँलाई आज बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो ।

    तर, त्यहीँ उहाँलाई चिकित्सकले मृत घोषणा गरेको मानव बेचबिखनबाट प्रभावित महिलाहरुको पक्षमा काम गर्दै आएकी चरिमाया तामाङले जानकारी दिनुभयो ।

    उदयपुरबाट दनुवारका ससुरा काठमाडौँ आउँदै गरेको र उहा आएपछि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तामाङले जानकारी दिनुभयो ।

    दनुवारको निधनको खबरसँगै यतिबेला नेपाल मेडिकल कलेजमा शुभेच्छुकहरुको भिड लागेको छ । मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् ।


    सोमवार, पौष ८ २०८११२:३४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij