Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आजदेखी मुग्लिन–नौबिसे सडक दिउँसोमा बन्द हुदै

आजदेखी मुग्लिन–नौबिसे सडक दिउँसोमा बन्द हुदै

  • आइतवार, पौष ७ २०८१

  • 598
    SHARES

  • आजदेखी मुग्लिन–नौबिसे सडक दिउँसोमा बन्द हुदै

    काठमाडौं। आजदेखी मुग्लिन–नौबिसे सडकखण्ड दिउँसोमा बन्द हुने भएको छ। पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडकखण्डमा पोखरेभिर र विशालटारमा घुम्ती सुधार गर्न आजदेखी १३ गतेसम्म एक साता दिनको तीन घण्टा बन्द गर्न लागिएको हो।

    नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दराईका अनुसार बिहान ११ः०० देखि दिउँसो २ बजेसम्म सवारी रोकेर काम गरिँदैछ।

    पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छन् भने चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छन् ।

    यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छन् भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने छन् ।

    एम्बुलेन्स र सुरक्षा निकायका सहित अत्यावश्यक सवारीसाधन भने आवश्यकताका आधारमा सञ्चालनमा सहजीकरण गरिने ईन्जिनियर दराईले जानकारी दिनुभयो ।

     


    आइतवार, पौष ७ २०८१०७:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij