Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मौसमः अबको केहीदिन वर्षा र हिमपातसँगै चिसो बढ्ने सम्भावना

मौसमः अबको केहीदिन वर्षा र हिमपातसँगै चिसो बढ्ने सम्भावना

  • आइतवार, पौष ७ २०८१

  • 875
    SHARES

  • मौसमः अबको केहीदिन वर्षा र हिमपातसँगै चिसो बढ्ने सम्भावना

    काठमाडौं। नेपालमा अबको केही दिन पुनः चिसो बढ्ने सम्भावना बढेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि कर्णाली क्षेत्रमा यसको असर देखिने छ। भोली सोमबार भने अझै बढ्ने देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलँले जानकारी दिनुभयो।

    त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उहाँले बताउनुभयो। प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्नेछ।

    यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ। अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ। बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ।


    आइतवार, पौष ७ २०८१०६:३६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij