Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

महोत्तरीमा डाँका समूहले गरे ७० वर्षीय वृद्धको हत्या गरी लुटपाट, एकजना घाइते

महोत्तरीमा डाँका समूहले गरे ७० वर्षीय वृद्धको हत्या गरी लुटपाट, एकजना घाइते

  • शनिवार, पौष ६ २०८१

  • 304
    SHARES

  • महोत्तरीमा डाँका समूहले गरे ७० वर्षीय वृद्धको हत्या गरी लुटपाट, एकजना घाइते

    काठमाडौं । महोत्तरीको मनरा शिसवा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको सातरआठ जनाको हतियारधारी समूहले हत्या गरेको हो ।

    घरधनीको हत्या गरी लुटेराको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल पनि लुटेर लगेका छन् । झाको घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार रुपैयाँ नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिनुभयो ।

    हत्या गरिएका घरधनी झाकी श्रीमती सामान्य घाइते हुनुहुन्छ । हत्या र अरु सरसामान के कति लुटपाट भएको छ भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, पौष ६ २०८१११:४३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij