Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

  • शनिवार, पौष ६ २०८१

  • 515
    SHARES

  • बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

    काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर आज शनिबार बिहान भूकम्प गएको छ।

    जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको​ महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।

    बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। मानवीय क्षति भएको खबर नआएको र भौतिक क्षतिको विवरण स्थानीय तह र प्रहरीले संकलन गरिरहेको छ।

     


    शनिवार, पौष ६ २०८१०७:२०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij