Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’

हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’

  • शुक्रवार, पौष ५ २०८१

  • 777
    SHARES

  • हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’

    काठमाडौं। नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा एक खेल अगावै सिरिज जितेको ‘क्लिन स्वीप’ गरेको छ। आज मुलपानी क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हराएको हो।

    यो जितसँगै ३–० को नतिजा निकाल्दै नेपालले सिरिजमा ‘क्लिन स्वीप’ गरेको हो। यसअघि पहिलो खेलमा तीन विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले हराएको थियो।

    अन्तिम खेलमा नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए। सूर्याम्सु कोइरालाले सर्वाधिक ६० रन जोड्नुहुँदा कप्तान अभिषेक तिवारीले ५६ र सन्तोष यादवले ५३ रन बनाउँदै अर्धशतक पूरा गरे ।

    टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले तीन अर्धशतकका साथ ४९.१ ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो।नेपालविरुद्ध कङकङका चार जना बलरले समान दुईदुई विकेट हात पारे।

    २६६ रनको लक्ष्य पछ्याएको हङकङका लागि प्रित मांगुकियाले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन्। पूरै ५० ओभर खेल्दै हङकङ १३५ रनमा समेटिएको हो।

    नेपालका लागि अभिषेक तिवारी र अफुदिन वर्षाले दुईदुई विकेट लिनुहुँदा राजेश बोहोरा, दीपक सेरेला र सन्तोष यादवले एकएक विकेट हात पारे ।


    शुक्रवार, पौष ५ २०८१०४:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij