Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ट्राफिक चेकिङमा थप कडाई, दिउँसो पनि माापसे जाँचिदै

ट्राफिक चेकिङमा थप कडाई, दिउँसो पनि माापसे जाँचिदै

  • आइतवार, कार्तिक ३० २०७७

  • 1.4K
    SHARES

  • ट्राफिक चेकिङमा थप कडाई, दिउँसो पनि माापसे जाँचिदै

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङमा थप कडाई गर्ने भएको छ । तिहारको समयमा हुने सक्ने दुर्घटनालाई न्यनिकरण गर्न ट्राफिक प्रहरीले संक्रियता बढाएको हो ।

    तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

    चाडपर्व भन्दै मादकपदार्थ खाएर सवारी चलाउने गरेको पाइएको भन्दै यसले दुर्घटना निम्त्याउने हुँदा घटना कम गर्न संक्रिय रुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

    महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षामा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ । त्यस्तै अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको एसएसपी ढकालले जानकारी दिनुभयो ।

    त्यसैगरी बस तथा टिकट काउन्टरमा यात्रुहरु माथि हुने ठगी नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।


    आइतवार, कार्तिक ३० २०७७०९:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij