Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

  • शुक्रवार, पौष ५ २०८१

  • 594
    SHARES

  • काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार आज बिहान १०ः३० देखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

    प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको छ ।

    प्राधिकरणले यस फिडरअन्तर्गत ती स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।


    शुक्रवार, पौष ५ २०८१०७:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij