Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्ह पुजा : आफुलाई आफैले पुजा गर्ने पर्व, नेपाल सम्वतको नयाँ बर्ष भने सोमबार शुरु हुने

म्ह पुजा : आफुलाई आफैले पुजा गर्ने पर्व, नेपाल सम्वतको नयाँ बर्ष भने सोमबार शुरु हुने

  • आइतवार, कार्तिक ३० २०७७

  • 2.7K
    SHARES

  • म्ह पुजा : आफुलाई आफैले पुजा गर्ने पर्व, नेपाल सम्वतको नयाँ बर्ष भने सोमबार  शुरु हुने

    आफुलाई आफैले पुजा गर्ने पर्व म्ह पुजा आज मनाइदै छ । विषेश गरेर नेवार समुदायले मनाउने यस पर्व तिहारकै बेलामा पर्दछ । आज घर घरमा आफ्नो शरिरको आफैले पूजा गरेर नेवार समुदायले म्ह पूजा मनाउन लागेका छन् । नेवारी भाषामा म्ह को शाब्दीक अर्थ देह या शरीर र पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना भन्ने बुझाउने भएकाले म्ह पुजामा शरिरको पुजा गर्ने भन्ने बुझिन्छ ।

    आजको दिनलाई आत्म तत्वलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिनको रुपमा पनि लिइन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

    म्ह पुजाको दिन नेपाल सम्वतको नयाँ बर्ष पनि शुरु हुने गरेकोमा यस बर्ष भने तिथीको घटबढका कारण भोली मात्रै नेपाल सम्वतको नयाँ बर्ष शुरु भएको मनिने भएको छ । नेवार समुदायले नेपाल संवतको नयाँ वर्षको पहिलो दिनलाई न्हुदँया भिन्तुना पर्वको रुपमा पनि मनाउने गर्दछन् । यस बर्ष न्युदँया भिन्तुना भोली अर्थात भाइटीका र गोवर्धन पूजाको दिन मनाइने भएको छ ।

    यसैबीच म्ह पूजाको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै पर्व मनाउन विशेष आह्वान समेत गर्नु भएको छ ।

    उहाँले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गर्नु भएको छ ।


    आइतवार, कार्तिक ३० २०७७०९:२९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij