Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

  • सोमवार, पौष १ २०८१

  • 635
    SHARES

  • एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १०२ रनको लक्ष्य दिएको छ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो । प्लेअफका लागि जित्नै पर्ने खेलमा कर्णालीले ठूलो लक्ष्य खडा गर्न सकेन।

    कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।

    अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन।

     


    सोमवार, पौष १ २०८११०:५१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij