Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

गाई र गोरु तिहार एकैदिन, हलीलाई पनि आज पुजा गरिने

गाई र गोरु तिहार एकैदिन, हलीलाई पनि आज पुजा गरिने

  • आइतवार, कार्तिक ३० २०७७

  • 1.4K
    SHARES

  • गाई र गोरु तिहार एकैदिन, हलीलाई पनि आज पुजा गरिने

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र हलीको पूजा गरी तिहार पर्व मनाइँदैछ । सामान्यतः गाई पुजा र गोरु पुजा फरक फरक दिन हुने भएपनि यस पटक तिथी घटबढ भएकाले एकैदिन परेको धर्मशास्त्रीहरुले बताएका छन् ।

    गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

    आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताउनुभयो ।

    आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले गोरु तिहारको दिनलाई हलीतिहार समेत भन्ने गरिन्छ ।

    आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले बताउनुभयो ।


    आइतवार, कार्तिक ३० २०७७०७:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij