Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु

  • शनिवार, मंसिर २९ २०८१

  • 752
    SHARES

  • बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु

    काठमाडौं । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

    पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

     


    शनिवार, मंसिर २९ २०८१०८:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij