Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना

हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना

  • शुक्रवार, मंसिर २८ २०८१

  • 632
    SHARES

  • हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना

    काठमाडौं। सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । छातीमा गाह्रो भएको सिकायतपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘उहाँले छातीमा असहज महसुस भएको बताउनुभएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’

    एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रवक्ता शर्माका अनुसार अस्ति अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको थियो भने हिजो चिकित्सकले अस्पतालमै आएर चेक गरेका थिए ।

    लामिछानेलाई भेटेका रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले सभापति लामिछानेको स्वास्थ्य अवस्थाबारे चौतर्फीरुपमा चासो र चिन्ता व्यक्त भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएको बताउनुभयो ।


    शुक्रवार, मंसिर २८ २०८१०२:०९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij