Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • बिहिवार, मंसिर २७ २०८१

  • 647
    SHARES

  • रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 
     
    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक आज कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो ।  जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो। 
     
    सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
     
    काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो । उनलाई कास्की पुर्‍याइएपछि त्यहाँबाटै बयानका निम्ति कात्तिक अन्तिम साता रुपन्देही लगिएको थियो । त्यसपछि काठमाडौं ल्याइयो । काठमाडौंबाट चितवन लगिएको थियो । चितवनमा बयान सकिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । पोखराबाट फेरि पर्सा लगिएको थियो । उनलाई पर्साबाट बुधबार पोखरा लगिएको थियो । प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।
     
     
     


    बिहिवार, मंसिर २७ २०८१०२:३४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij