Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्याद थपका लागि रवि  लामिछानेलाई अदालतमा उपस्थित गराइयो

म्याद थपका लागि रवि  लामिछानेलाई अदालतमा उपस्थित गराइयो

  • बिहिवार, मंसिर २७ २०८१

  • 431
    SHARES

  • म्याद थपका लागि रवि  लामिछानेलाई अदालतमा उपस्थित गराइयो
    काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ । पछिल्लो पटक थप गरिएको ४ दिनको म्याद सकिएपछि आज फेरि अदालत लगिएको हो ।
     
    लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशी तथा जीबी राईका साझेदार रामबहादुर खनाल र जीवीसँग जोडिएकी लीला पछाइ पनि अदालत लगिएका छन् । उनीहरूको म्याद थप सम्बन्धी बहस न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा परेको छ  ।
     
    रवि–छविलाई मुद्दा दायर गर्नुपर्ने हदम्याद पनि नजिकिएको छ । संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ९० दिनभित्र अदालतमा मुद्दा लैजानुपर्ने कानूनी प्रावधान रहेको छ ।
     
    एउटै मुद्दामा पक्राउ परेका व्यक्तिमध्ये सबैभन्दा पहिले पक्राउ परेको मितिबाट ९० दिन गणना हुन्छ । सबैभन्दा पहिले छविलाल जोशी ६ असोजमा पक्राउ परेका थिए । ६ असोजबाट गणना गर्दा आज ८० दिन पूरा भइसकेको छ । अब १० दिनभित्र प्रहरीले अदालतमा अभियोजन गर्नुपर्ने भएकाले सरकारी वकिल कार्यालयले अन्तिम तयारी गरिरहेको छ ।
     
    मुद्दा दायर पश्चात् अदालतले थुनछेक बहस गरेर रविलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिने, साधारण तारेखमा छोड्ने वा धरौटीमा छोड्ने निर्णय लिन सक्छ ।
     


    बिहिवार, मंसिर २७ २०८१०१:३८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij