Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

समाजसेवी सेवक पोखरेलको सक्रियतामा ५० विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग

समाजसेवी सेवक पोखरेलको सक्रियतामा ५० विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग

  • बिहिवार, मंसिर २७ २०८१

  • 392
    SHARES

  • समाजसेवी सेवक पोखरेलको सक्रियतामा ५० विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग

    काठमाडौं । समाजसेवी सेवक पोखरेलको सक्रियतामा गरिब तथा जेहन्दार ५० विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग गरिएको छ ।

    हेल्पिङ ह्याण्डस् फर नेपाल, बेल्जियमले आइतबार विभिन्न स्थानमा अध्ययन गरिरहेका ५० विपन्न तथा जेहन्दार विद्यार्थीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

    उक्त रकम संस्थाका अध्यक्ष बेल्जियम नागरिक एलेन ह्युगेन र नेपालका लागि देशीय निर्देशक एवम् समाजसेवी सेवक पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा विगत १२ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ ।

    देशीय निर्देशक एवम् समाजसेवी पोखरेलका अनुसार उक्त संस्थाले दुर्गम क्षेत्रमा बसोबास गर्ने आर्थिक स्थिती कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग गरी डाक्टर तथा ईन्जिनीयरसमेत उत्पादन गरिसकेको छ ।

    यस संस्थालाई युरोपबाट नेपालमा ल्याउन समाजसेवी पोखरेलले भूमिका खेल्नुभएको हो । उक्त संस्थाले बार्षिक रुपमा ७०० विद्यार्थीलाई शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

    राष्ट्रिय विपत्तीका समय तथा अन्य समयमा समेत उक्त संस्थाले आर्थिक रुपमा विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडा समेत निरन्तर सहयोग गर्दै आएको छ । उक्त संस्था बेल्जियमको ब्रसेल्समा दर्ता भई सञ्चालनमा रहेको छ । सो संस्थामा युरोपियन नागरिक बाहेक नेपालका पोखरेलमात्र संस्थाको वोर्ड अफ डाइरेक्टर हुनुहुन्छ ।

     


    बिहिवार, मंसिर २७ २०८१०८:३९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij