Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

  • बिहिवार, मंसिर २७ २०८१

  • 354
    SHARES

  • जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

    काठमाडौं । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । यस्तै २ जना घाइते भएका छन् ।

    नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे बासकोटको मोडवाट सडक वाट करिब ८ सय मिटर तल खसेको थियो ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख निरीक्षक हरिराम डाँगीका अनुसार मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा,सीलापुन, लक्ष्मी पुन,लक्ष्मी पुनको छोरा, शारदा थापा, रहेको बताउनु भयो । जिप मा सवार सात जना मध्य २ जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको डाँगीले बताउनु भयो ।

    घाइते मध्य जीवन विक सामान्य उपचार पछि घर पठाइएको र बर्दिया घर भई दिदीको घर आएका जनक थापाको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।


    बिहिवार, मंसिर २७ २०८१०७:११:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij